काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक १.०३ अंकले बढेको छ । यससँगै सूचक २६८६.७७ विन्दुमा आएको छ । ५९ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६२ कम्पनीको ७ हजार ८ सय ८२ कित्ता सेयर कारोबार भएको छ । २९ कम्पनीको भाउ बढेको छ भने ३० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्। राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...


























































































































































