जन्म दिनको अवसरमा खाद्यान्न सहयोग

कैलाली । राष्ट्रिय युवा संघ नेपाल लम्किचुहा नगर कमिटी अध्यक्ष नकुल बम ठकुरीले जन्म दिनको अवसरमा खाद्यान्न सहयाेग गरेका छन् ।

बमले लम्किचुहा नगरपालिका वडा नम्बर २ स्थित बघाैरा निवासी प्रकाश नेपालीको परिवारलाई आफ्नो जन्म दिनको अवसरमा नेपालीको निवासमै पुगेर करिब चार महिनालाई पुग्ने खाद्यान्न सहयाेग स्वरुप हस्तान्तरण गरेका हुन । बमका अनुसार जन्म दिनको नाममा गरिने फजुल खर्चका साटो सानाे भए पनि मानव सेवा गर्न पाउदा आफुलाई खुसि लागेको कुरा व्यक्त गरेका छन् ।

बम लम्किचुहा नगरपालिका क्षेत्रमा एक कुशल र नेतृत्वदायि क्षमता भएको युवाका रुपमा परिचित रहदै आएका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?