Baigyanik Media

Advertisement

Skip Ad

महेन्द्रनगर आँखा अस्पतालमा भारतीयको आकर्षण

दोधारा चाँदनी (कञ्चनपुर)।   भीमदत्तनगरस्थित महेन्द्रनगर आँखा अस्पताल भारतीय नागरिकको समेत उपचारको केन्द्र बन्दै गएको छ । सस्तो र गुणस्तरीय उपचारका कारण पछिल्लो समय भारतका विभिन्न सीमावर्ती सहरबाट बिरामी उपचारका लागि महेन्द्रनगर आउन थालेका छन् ।

 

अस्पतालका अनुसार भारतको उत्तराखण्ड र उत्तर प्रदेशका नागरिक आँखा परीक्षण तथा अन्य नेत्रसम्बन्धी उपचार सेवा लिन यहाँ आउने गरेका छन् । सस्तो र गुणस्तरीय उपचार सेवाका कारण अस्पतालमा नेपाली र भारतीय सेवाग्राहीको चाप बढिरहेको अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीले जानकारी दिनुभयो ।

 

 

“यहाँ अत्याधुनिक मेसिनबाट आँखा जाँच हुनुका साथै शल्यक्रियासमेत हुने गरेको छ”, नेत्र अधिकृत धामीले भन्नुभयो, “उपचारका लागि नेपाली मात्र नभएर छिमेकी मुलुक भारतीय नागरिकसमेत आउने गरेका छन् ।” उहाँका अनुसार गत आर्थिक वर्षमा २४ हजार ७८० जनामा आँखासम्बन्धी उपचार सेवा प्रदान गरिएको थियो ।

 

 

जसमा एक हजार ६६७ जना भारतीय नागरिकले सेवा लिएका छन् । अस्पताले छ सय ३४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको थियो भने पाँच हजार ४१३ जनालाई चश्मा वितरण गरेको गरिएको छ । विसं २०४२ मा आँखा उपचार केन्द्रका रूपमा स्थापना भएको अस्पताललाई २०७० सालमा स्तरोन्नति गरिएको थियो ।

 

 

त्यसपछि अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा दिन थालेपछि बिरामीको चाप बढ्दै गएको छ । अस्पतालका अनुसार आव २०७७/७८ मा यहाँ १८ हजार ८१० जनाले उपचार सेवा लिएका छन् । आव २०७८/७९ मा २३ हजार ८२६, आव २०७९/८० मा २३ हजार २१३, आव २०८०/८१ मा २४ हजार ९५२ जनाले उपचार सेवा लिएका छन् ।

 

 

 

अस्पतालमा मोतियाविन्दुको समस्याका बिरामी र चश्मा लगाउने बिरामी धेरै आउने गरेको नेत्र अधिकृत धामीले बताउनुभयो । “पैतालीस वर्ष उमेर पुगेपछि धेरैलाई मोतियाविन्दुको समस्या हुने गरेको छ”, धामीले भन्नुभयो, “चोटपटक, गलत औषधि प्रयोगका कारण र कहिलेकाहीँ जन्मजातका कारण पनि मोतियाविन्दुको समस्या देखिन्छ ।

 

 

मोतियाविन्दु, आँखामा मासु पलाएकाजस्ता समस्याको शल्यक्रिया आधुनिक मेसिनबाटै गरिन्छ ।” “साताको शनिबार शल्यक्रिया गर्छौँ अन्य समयमा ओपिडी सेवा सञ्चालन हुन्छ । आँखा उपचारका लागि दैनिक एक–डेढ सय जना बिरामी आउने गरेका छन्”, धामीले भन्नुभयो । अस्पतालले हरेक वर्ष समुदायस्तरमा शिविरमार्फत पनि सेवा दिँदै आएको छ ।

 

 

गत आवमा विद्यालयमा सञ्चालित छवटा शिविरबाट एक हजार ९१३ विद्यार्थीको आँखा जाँच गरिएको थियो । जसमा ६७ जना विद्यार्थीलाई समस्या देखिएकामा तीमध्ये ४७ जनालाई अस्पतालले चश्मा वितरण गरेको थियो । समुदायमा गरिएको आँखा जाँच शिविरमा एक हजार ५५० जनाले सेवा लिएका थिए । जसमा एक सय ५० जनाको आँखाको शल्यक्रिया गरिएको नेत्र अधिकृत धामीले बताउनुभयो । अस्पतालले आँखाको समस्या न्यूनीकरणका लागि स्वयंसेवक, हेल्थ पोष्ट इन्चार्जलाई समेत तालिम दिँदै आएको छ ।

 

 

“आँखाको समस्या देखिएमा तुरुन्तै हाम्रो यहाँ पठाउनुहोला भनेर हेल्थ पोष्टका इन्र्चाज र स्वयसेवकलाई हरेक वर्ष तालिम दिने गरेका छौँ”, धामीले भन्नुभयो, “हाम्रो उद्देश्य सस्तो, गुणस्तरीय उपचार सेवा समयमै दिनु हो ।” शल्यक्रियाका लागि थप मेसिन भित्र्याउन सके जटिल किसिमका शल्यक्रिया यहाँ सम्भव भएको बताउनुभयो । त्यसका लागि स्थानीय तह तथा प्रदेश सरकारको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ । —

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तमोर कोरिडोरका पुल निर्माणमा ढिलाइ हुँदा सास्ती भोग्दै यात्रु

पाँचथर, तमोर कोरिडोर सडकका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले सास्ती खेप्दै आएका छन् । खोलाहरूमा अकस्मात् बाढी आउँदा सवारीका साधनहरूले बीच बाटोमै अलपत्र पर्ने गरेका छन् । पूर्वी पहाडमा निर्माणाधीन चीन र भारत जोड्ने द्रुतमार्ग तमोर कोरिडोरको मूलघाट गणेशचोक खण्डमा सवारीका साधन सञ्चालन हुन...

अध्यक्ष दाहालद्वारा सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ । शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकलाई आज सम्बोधन गर्दै उहाँले पार्टीका सबै तहका...

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २६ पैसा र...

जैविक खेतीलाई अबलम्बन गर्दै घराम्दी र टिकोटका किसान

म्याग्दी।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी र टिकोटका किसानले जैविक विधिबाट तरकारी खेती गरेका छन् । खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकूल मानिएको रासायनिक विषादी र मलको विकल्पमा घरेलु विधीबाट तरकारी, खाद्यबाली र आलु खेती गरेका हुन् ।   आलु खेतीको पकेट क्षेत्र टिकोट र घराम्दीका बासिन्दाले...

सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ लाभान्वित

खोटाङ, साकेला गाउँपालिकाले दसैँ, तिहार, नेपाल सम्वत् तथा छठपर्वको अवसर पारेर आयोजना गरेको सामाजिक सुरक्षाभत्ता वितरण शिविरमा ५८२ जना लाभग्राहीले सेवा लिएका छन् । ज्येष्ठ नागरिक तथा अशक्त र अपाङ्गता भएका लाभग्राहीको गाउँमै पुगेर सेवा दिने उद्देश्यले आयोजना गरिएको शिविरमा रु एक करोड एक...

विपद्को एक वर्ष : काभ्रेमा तीन हजारलाई अस्थायी आवास अनुदान

काभ्रेपलाञ्चोक, विसं २०८१ असोजको विपद्मा आवाससमेत गुमाएका जिल्लाका पीडितहरूको अस्थायी आवास निर्माणका लागि सरकारले पहिलो किस्ताबापतको रकम उपलब्ध गराएको छ । जिल्लाका १३ स्थानीय तहका तीन हजार १२८ पीडितहरूलाई पहिलो किस्ताबापत रु सात करोड ७९ लाख २५ हजार राहत उपलब्ध गराइएको हो । दोस्रो...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

संविधान दिवसमा गण्डकी प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा प्रदेशवासीसँगै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । हालै नव युवापुस्ताले गरेको आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । नव...

पिसाब फेर्न बसबाट ओर्लिएका कैलालीका वृद्ध मुग्लिनमा हराए

कैलाली, कैलाली मोहन्याल गाउँपालिका–३, बुडिआमका ६५ वर्षीय काशीराम कुँवर मुग्लिङ नजिकै हराएका छन्। लालीगुँरास आधारभूत विद्यालयका कार्यालय सहयोगी समेत रहेका कुँवर हालसम्म सम्पर्कविहीन रहेको परिवारले जनाएको छ।   परिवारका अनुसार, उहाँ जेठा छोरालाई दक्षिण कोरिया बिदाइ गरी गत असोज ७ गते काठमाडौंबाट कैलाली फर्किंदै हुनुहुन्थ्यो। उहाँ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा

रामपुर (पाल्पा),  युवा जनशक्ति आजका आवश्यकता मात्र होइनन्, देशका परिवर्तनका संवाहक पनि हुन् । परिवर्तन खोज्ने हो भने युवाकै नेतृत्व चाहिन्छ । यो हरेक क्षेत्रमा गुञ्जिन्छ र युवाले नै नेतृत्व गरेका संस्था, क्षेत्रमा परिवर्तनको लहर झल्किएको छ । कुनै समय विद्यार्थी नियमित रूपमा विद्यालय...

आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फ आकर्षण बढ्दो

मन्थली (रामेछाप),  यहाँस्थित आयुुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । पहिले मन्थली नगरपालिका–१ घारी खहरेस्थित भाडाको घरबाट चिकित्सालयले सेवा प्रवाह गरेकामा हाल मन्थली अस्पतालको पुरानो भवनबाट सेवा प्रवाह गर्न थालेको छ । चिकित्सालयका सूचना अधिकारी हरिनारायण महतोकाअनुसार हाल जिल्लामा...

राष्ट्रिय क्रिकेट टोलीले पायो यूएईको प्रवेशाज्ञा

काठमाडौँ  नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)को प्रवेशाज्ञा पाएको छ । नेपाल क्रिकेट सङ्घका प्रवक्ता छुमी लामाकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएको हो । सो टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२०...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९