Baigyanik Media

Advertisement

Skip Ad

मौन पीडामा मानसिक समस्या बढ्दै

विराटनगर,  गत भदौ २३ र २४ मा भएकोे ‘जेनजी’ प्रदर्शनले सत्ता परिवर्तनमात्र गरेन आम जनजीवनमा ‘अब के हुन्छ’ भन्ने प्रभाव छाड्यो । प्रदर्शनले गहिरो असर छाडेको छ । चाडपर्वका सम्मुखमा भएका प्रदर्शनले धेरैलाई तनावसमेत दियो । विराटनगरकी गृहिणी मञ्जु साह यस वर्षको दसँै पर्वभन्दा पनि एक प्रकारको दबाबको अवस्था रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आम्दानी उस्तै छ, खर्च भने दिनप्रतिदिन बढ्दै छ । दसैँ गयो, बच्चा र परिवारका लागि पनि दसँै त मान्नैपर्छ भन्ने सोचले निद्रा नै हरायो, बालबच्चाको वर्ष दिनमा आएको पर्वको खुसी पनि त हराउन दिनुभएन ।” अभिभावक परिवारको खुसी र समाजको चलनका नाममा अदृश्य मानसिक तनाव र दबाबमा चाडपर्व मनाइरहेका हुन्छन् । कमजोर अर्थतन्त्र, अस्थिर रोजगारी र बढ्दो महँगीले मानिसमा आर्थिक चिन्ता र भविष्यप्रतिको अनिश्चितता मानसिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको चिकित्सक बताउँछन । दसँै नसकिँदैको अविरल वर्षा र बाढीपहिरोले पीडामाथि पीडा थपेको छ । हजारौँ मानिस विस्थापित भएका छन्, सयौँ परिवारले घर, अन्न र सम्पत्ति गुमाएका छन् ।
विराटनगर–दरैयाकी मधु लिम्बूको परिवारलाई यस वर्ष पनि प्राकृतिक विपत्तिले छोडेन । हरेक वर्षजस्तै यस वर्ष पनि उहाँको घरभित्र बाढी पस्यो । दसँैका समयमा आएको विपद्ले पर्वको महसुस गर्न नपाएको अनुभव सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “घरमा पानी पसेर केही पनि बाँकी रहेन । दसँैको खुसी त परै जाओस्, अहिले त के खाने भन्ने चिन्ता छ । अहिले पनि बादल लाग्दा राति पानी पर्छ कि भन्ने डरले निद्रा नै लाग्दैन, एक प्रकारको डर मनमा भइरहेको हुन्छ के गर्ने ?” पूर्वाञ्चल विश्वविद्यालयका उपप्राध्यापक तथा मानसिक रोग विभागीय प्रमुख डा प्रभात चालिसे यस्तो अवस्थालाई ‘भय मनोविज्ञान’ भएको बताउनुहुन्छ । उहाँका अनुसार यसले मानिसलाई लामो समयसम्म अशान्त राख्छ । “कतिपय अवस्थामा त विपत्तिपछि बच्नेमा ‘सर्भाइभर गिल्ट’ पनि हुन्छ । आफू बाँचेर प्रियजन गुमाएको पीडावोध । यसलाई समयमै सम्बोधन नगरे आत्माहत्या वा गहिरो निरासासम्म पुर्याउन सक्छ ।” उपप्राध्यापक डा चालिसे भन्नुहुन्छ, “मानसिक समस्या अझैसम्म पनि मौन पीडाका रूपमै रहेको छ, यस्तो समस्या भोग्ने होइन, खुलेर कुरा गर्ने हो । मानसिक स्वास्थ्यलाई सामान्य स्वास्थ्यकै अंशका रूपमा लिनसक्ने वातावरण बनाउनुपर्छ । मानसिक समस्या कुनै कमजोरी होइन । जस्तै शारीरिक रोग हुन्छ, त्यस्तै मानसिक रोग पनि उपचारयोग्य हुन्छ । तर समस्या चिनेपछि ढिला नगरी विशेषज्ञकहाँ पुग्नु जरुरी हुन्छ ।” विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा करिब २० प्रतिशत जनसङ्ख्या कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन् । तर अझै धेरै मानिस डर, लाज र ‘के भन्लान्’ भन्ने सोचका कारण उपचार खोज्न मनोपरामर्शदाताकहाँ पुग्न हिच्किचाउने गर्दछन् । मानसिक समस्या बढ्दो कोशी अस्पतालको मानसिक रोग विभागमा सेवा लिन आउनुभएका दुहवी, सुनसरीका २८ वर्षीय युवराज शर्माले परामर्श तथा उपचारका लागि आएको बताउनुभयो ।
उहाँलाई हरेक समय एक अनौठो बोझजस्तो महसुस हुने तर के कारण हो आफूलाई थाहै नहुने समस्या थियो । उहाँले भन्नुभयो, “म महिनौँदेखि तनावमा थिएँ तर के को तनाव हो आफैँलाई थाहा नहुने, काममा मन लाग्दैनथ्यो, तर कसैलाई भन्न डर लाग्थ्यो, पागल पो हुनलाग्यो भन्छन् कि भन्ने डर । समस्या बढ्दै गएपछि नजिकको साथीलाई सुनाएँ, उनले यहाँ चिकित्सक देखाउन सहयोग गरे त्यसैले यहाँ आएको हुँ ।” कोशी अस्पतालका मानसिक रोग विशेषज्ञ डा सचिन नेपालीका अनुसार पछिल्ला समयमा मानसिक रोग विभागमा दैनिक ४०÷५० जना मानसिक परामर्शका बिरामी आउने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हालै देशमा जेनजी प्रदर्शन, राजनीतिक अस्थिरता र प्राकृतिक विपत्तिले मानिसमा तनाव सृजना गरेको छ । यसले विशेषगरी युवामा ‘एडजस्टमेन्ट डिसअर्डर’ र ‘एन्जाइटी’का लक्षण देखिएका छन् ।” उहाँका अनुसार बेरोजगारी, ऋणको बोझ र विदेश जाने तयारी रोकिएका युवामा आफूलाई नयाँ परिस्थितिमा मिलाउन नसक्ने समस्या ‘एडजस्टमेन्ट डिसअर्डर’ बढ्दो छ । यो एक प्रकारको मानसिक समस्या हो, जुन समस्या तनावको कारणले हुने समस्या भनेर बुझ्नुपर्छ । व्यक्तिमा अधिक चिन्ता, निरासाका समस्या छ र दैनिक कामकाज गर्न असहज भइरहेको छभने मनोपरामर्शदाताको सहयोग लिनुपर्छ । ‘एडजस्टमेन्ट डिसअर्डर’ निको हुन यत्ति नै समय लाग्छ भनेर ठ्याक्कै भन्न नसकिने चिकित्सक बताउँछन् । यस्ता लक्षण भएका व्यक्तिलाई ठिक हुन व्यक्तिको सोच्ने तरिका, समयअनुसार परिवर्तन हुनसक्ने क्षमता, व्यक्तिले तनावसँग सामना गर्ने क्षमतामा भर पर्छ ।
यो समस्या भएका व्यक्तिलाई उचित ध्यान नदिए गम्भीर समस्या निम्त्याउन सक्छ । यस्तो समस्या भएका मानिसलाई घरपरिवारको भावनात्मक सहयोगको निकै खाँचो हुन्छ । ‘एडजस्टमेन्ट डिसअर्डर’जस्तै ‘एन्जाइटी’ अहिले धेरै मानिसमा देखिएको अर्को समस्या भएको चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार सामान्यतया बिनाकारण डराउने, आत्तिने, मुटु ढुकढुक हुने, काप्ने, श्वास फेर्न गाह्रो हुने, छिनछिनमै पिसाब लाग्ने समस्या ‘एन्जाइटी’को हो । सुत्न गाह्रो हुने समस्या देखिएमा ‘एन्जाइटी डिसअर्डर’ भएको बुझ्नुपर्छ । शारीरिक स्वास्थ्यमा असर पुग्ने, काममा असर हुनेजस्ता लक्षण ‘एन्जाइटी’मा देखिने लक्षण हुन् । मानसिक रोग विशेषज्ञ डा नेपाली पछिल्ला घटनाले मानिसको दैनिकीमा असुरक्षा र भय बढाएकाले अस्पतालमा आएका धेरै बिरामी राति निद्रा नलाग्ने, मन आत्तिने, डर लाग्ने र खानामा रुचि नहुने समस्या लिएर आउने गरेको बताउनुहुन्छ । उहाँका अनुसार सो विभागमा हाल २० देखि ३० वर्ष उमेर समूहका बिरामी बढी देखिन्छन । त्यसमध्ये महिलाको सङ्ख्या उल्लेखनीय रूपमा बढी छ । उनीहरू घर र बाहिर दुवै जिम्मेवारीको दबाबमा छन्, साथै ‘हर्मोनल’ असन्तुलनले पनि मानसिक अवस्था प्रभाव पार्ने भएकाले पनि महिलामा धेरै देखिएको हुनसक्ने उहाँ बताउनुहुन्छ । मानसिक स्वास्थ्यका चुनौतीमा महिलाको अवस्था अझ जटिल देखिएको छ ।
डा नेपाली भन्नुहुन्छ, “महिलामाथि घरभित्रका जिम्मेवारी र आर्थिक निर्णयको दबाब दुवै पर्छ । साथै सामाजिक अपेक्षा र हर्मोनल परिवर्तनले पनि उनीहरूको मानसिक सन्तुलनमा असर पार्छ ।” अझै मौन पीडामा मानसिक समस्या पूर्वाञ्चल विश्वविद्यालयका उपप्राध्यापक डा प्रभात चालिसे मानसिक रोगबारे अझै समाजमा मौन विषय भएका कारण धेरै मानिस चिन्ता, अनिद्रा वा निरासामा भए पनि परिवार वा समाजलाई भन्न डराउने भएकाले समस्या झन् जटिल बन्न पुगेको बताउनुहुन्छ । “धेरैजसो मानिस मानसिक रोग विशेषज्ञकहाँ जान डराउँछन्, किनभने उनीहरूलाई औषधि सुरु गरेपछि जीवनभर खानुपर्छ भन्ने भ्रम छ”, उहाँ भन्नुहुन्छ, “मानसिक समस्या हुँदैमा औषधि सेवन गर्नैपर्छ भन्ने होइन । धेरैजसो समस्या परामर्श र व्यवहार परिवर्तनबाटै निको हुन्छ ।” उहाँका अनुसार सामान्यतया छदेखि नौ महिनासम्म औषधि सेवन गर्दा समस्या नियन्त्रणमा आउँछ ।
औषधि छाड्न सकिन्छ । तर तनावले शरीर, सम्बन्ध वा काममा असर गर्न थालेको छभने चिकित्सकलाई भेट्न ढिला गर्न नहुने उहाँको भनाइ छ । यसरी समाधान गर्न मानसिक समस्या चिकित्सक मानसिक सन्तुलनका लागि ‘डिसिप्लिन लाइफ’ अत्यावश्यक रहेको औँल्याउँछन् । उहाँहरूका अनुसार समयमै सुत्ने–उठ्ने, बेलुका कम खाने, नियमित व्यायाम गर्ने र प्रशस्त पानी पिउने बानीले मानसिक स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ । त्यस्तै, आफ्ना मनका कुरा विश्वासिलो व्यक्ति, श्रीमान्, श्रीमती वा साथीसँग खुलेर आदानप्रदान गर्ने, ‘भेन्टिलेसन’ गर्ने अभ्यास गर्न सकिए पनि तनाव घटाउन सकिन्छ । अस्थिर राजनीति, प्राकृतिक विपत्ति र आर्थिक अनिश्चितताबीच मानसिक सन्तुलन कायम राख्नु अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको छ । चिकित्सकको भनाइमा समयमै परामर्श र सहयोग लिएर मानसिक स्वास्थ्यलाई सुरक्षित राख्न सकिन्छ । तनाव र चिन्ता सामान्य मानवीय प्रतिक्रिया हुन् । तर त्यसलाई भित्रै दबाएर राख्नु भने असामान्य हो । तनावका विषयमा खुलेर कुरा गर्ने, सुन्ने र सहयोग खोज्ने बानीले मानसिक स्वास्थ्य सुरक्षित राख्न सकिन्छ । जुनु भट्टराई/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वीरगञ्जमा पालाको व्यापार बढेन

वीरगञ्ज (पर्सा),  वीरगञ्ज महानगर–११ रानीघाटका १४ वर्षीय आलोक प्रजापति तीन वर्षदेखि वीरगञ्जको घण्टाघरचोकको छेवैको फुटपाथमा दीपावली, तिहार र छठ पर्वमा प्रयोग हुने माटाका भाँडाकुँडा बेच्दै आइरहनुभएको छ । तर अघिल्ला वर्षका दीपावलीमा जस्तै यसपालि माटाका भाँडाकुँडाको व्यापार भने उत्साहजनक नभएको गुनासो गर्नुहुन्छ । “अघिल्ला...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर...

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण

बेरुत, इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ। प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले...

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण

बेरुत, इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ। प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

मौन पीडामा मानसिक समस्या बढ्दै

विराटनगर,  गत भदौ २३ र २४ मा भएकोे ‘जेनजी’ प्रदर्शनले सत्ता परिवर्तनमात्र गरेन आम जनजीवनमा ‘अब के हुन्छ’ भन्ने प्रभाव छाड्यो । प्रदर्शनले गहिरो असर छाडेको छ । चाडपर्वका सम्मुखमा भएका प्रदर्शनले धेरैलाई तनावसमेत दियो । विराटनगरकी गृहिणी मञ्जु साह यस वर्षको दसँै पर्वभन्दा...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९