मौन पीडामा मानसिक समस्या बढ्दै

विराटनगर,  गत भदौ २३ र २४ मा भएकोे ‘जेनजी’ प्रदर्शनले सत्ता परिवर्तनमात्र गरेन आम जनजीवनमा ‘अब के हुन्छ’ भन्ने प्रभाव छाड्यो । प्रदर्शनले गहिरो असर छाडेको छ । चाडपर्वका सम्मुखमा भएका प्रदर्शनले धेरैलाई तनावसमेत दियो । विराटनगरकी गृहिणी मञ्जु साह यस वर्षको दसँै पर्वभन्दा पनि एक प्रकारको दबाबको अवस्था रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आम्दानी उस्तै छ, खर्च भने दिनप्रतिदिन बढ्दै छ । दसैँ गयो, बच्चा र परिवारका लागि पनि दसँै त मान्नैपर्छ भन्ने सोचले निद्रा नै हरायो, बालबच्चाको वर्ष दिनमा आएको पर्वको खुसी पनि त हराउन दिनुभएन ।” अभिभावक परिवारको खुसी र समाजको चलनका नाममा अदृश्य मानसिक तनाव र दबाबमा चाडपर्व मनाइरहेका हुन्छन् । कमजोर अर्थतन्त्र, अस्थिर रोजगारी र बढ्दो महँगीले मानिसमा आर्थिक चिन्ता र भविष्यप्रतिको अनिश्चितता मानसिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको चिकित्सक बताउँछन । दसँै नसकिँदैको अविरल वर्षा र बाढीपहिरोले पीडामाथि पीडा थपेको छ । हजारौँ मानिस विस्थापित भएका छन्, सयौँ परिवारले घर, अन्न र सम्पत्ति गुमाएका छन् ।
विराटनगर–दरैयाकी मधु लिम्बूको परिवारलाई यस वर्ष पनि प्राकृतिक विपत्तिले छोडेन । हरेक वर्षजस्तै यस वर्ष पनि उहाँको घरभित्र बाढी पस्यो । दसँैका समयमा आएको विपद्ले पर्वको महसुस गर्न नपाएको अनुभव सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “घरमा पानी पसेर केही पनि बाँकी रहेन । दसँैको खुसी त परै जाओस्, अहिले त के खाने भन्ने चिन्ता छ । अहिले पनि बादल लाग्दा राति पानी पर्छ कि भन्ने डरले निद्रा नै लाग्दैन, एक प्रकारको डर मनमा भइरहेको हुन्छ के गर्ने ?” पूर्वाञ्चल विश्वविद्यालयका उपप्राध्यापक तथा मानसिक रोग विभागीय प्रमुख डा प्रभात चालिसे यस्तो अवस्थालाई ‘भय मनोविज्ञान’ भएको बताउनुहुन्छ । उहाँका अनुसार यसले मानिसलाई लामो समयसम्म अशान्त राख्छ । “कतिपय अवस्थामा त विपत्तिपछि बच्नेमा ‘सर्भाइभर गिल्ट’ पनि हुन्छ । आफू बाँचेर प्रियजन गुमाएको पीडावोध । यसलाई समयमै सम्बोधन नगरे आत्माहत्या वा गहिरो निरासासम्म पुर्याउन सक्छ ।” उपप्राध्यापक डा चालिसे भन्नुहुन्छ, “मानसिक समस्या अझैसम्म पनि मौन पीडाका रूपमै रहेको छ, यस्तो समस्या भोग्ने होइन, खुलेर कुरा गर्ने हो । मानसिक स्वास्थ्यलाई सामान्य स्वास्थ्यकै अंशका रूपमा लिनसक्ने वातावरण बनाउनुपर्छ । मानसिक समस्या कुनै कमजोरी होइन । जस्तै शारीरिक रोग हुन्छ, त्यस्तै मानसिक रोग पनि उपचारयोग्य हुन्छ । तर समस्या चिनेपछि ढिला नगरी विशेषज्ञकहाँ पुग्नु जरुरी हुन्छ ।” विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा करिब २० प्रतिशत जनसङ्ख्या कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन् । तर अझै धेरै मानिस डर, लाज र ‘के भन्लान्’ भन्ने सोचका कारण उपचार खोज्न मनोपरामर्शदाताकहाँ पुग्न हिच्किचाउने गर्दछन् । मानसिक समस्या बढ्दो कोशी अस्पतालको मानसिक रोग विभागमा सेवा लिन आउनुभएका दुहवी, सुनसरीका २८ वर्षीय युवराज शर्माले परामर्श तथा उपचारका लागि आएको बताउनुभयो ।
उहाँलाई हरेक समय एक अनौठो बोझजस्तो महसुस हुने तर के कारण हो आफूलाई थाहै नहुने समस्या थियो । उहाँले भन्नुभयो, “म महिनौँदेखि तनावमा थिएँ तर के को तनाव हो आफैँलाई थाहा नहुने, काममा मन लाग्दैनथ्यो, तर कसैलाई भन्न डर लाग्थ्यो, पागल पो हुनलाग्यो भन्छन् कि भन्ने डर । समस्या बढ्दै गएपछि नजिकको साथीलाई सुनाएँ, उनले यहाँ चिकित्सक देखाउन सहयोग गरे त्यसैले यहाँ आएको हुँ ।” कोशी अस्पतालका मानसिक रोग विशेषज्ञ डा सचिन नेपालीका अनुसार पछिल्ला समयमा मानसिक रोग विभागमा दैनिक ४०÷५० जना मानसिक परामर्शका बिरामी आउने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हालै देशमा जेनजी प्रदर्शन, राजनीतिक अस्थिरता र प्राकृतिक विपत्तिले मानिसमा तनाव सृजना गरेको छ । यसले विशेषगरी युवामा ‘एडजस्टमेन्ट डिसअर्डर’ र ‘एन्जाइटी’का लक्षण देखिएका छन् ।” उहाँका अनुसार बेरोजगारी, ऋणको बोझ र विदेश जाने तयारी रोकिएका युवामा आफूलाई नयाँ परिस्थितिमा मिलाउन नसक्ने समस्या ‘एडजस्टमेन्ट डिसअर्डर’ बढ्दो छ । यो एक प्रकारको मानसिक समस्या हो, जुन समस्या तनावको कारणले हुने समस्या भनेर बुझ्नुपर्छ । व्यक्तिमा अधिक चिन्ता, निरासाका समस्या छ र दैनिक कामकाज गर्न असहज भइरहेको छभने मनोपरामर्शदाताको सहयोग लिनुपर्छ । ‘एडजस्टमेन्ट डिसअर्डर’ निको हुन यत्ति नै समय लाग्छ भनेर ठ्याक्कै भन्न नसकिने चिकित्सक बताउँछन् । यस्ता लक्षण भएका व्यक्तिलाई ठिक हुन व्यक्तिको सोच्ने तरिका, समयअनुसार परिवर्तन हुनसक्ने क्षमता, व्यक्तिले तनावसँग सामना गर्ने क्षमतामा भर पर्छ ।
यो समस्या भएका व्यक्तिलाई उचित ध्यान नदिए गम्भीर समस्या निम्त्याउन सक्छ । यस्तो समस्या भएका मानिसलाई घरपरिवारको भावनात्मक सहयोगको निकै खाँचो हुन्छ । ‘एडजस्टमेन्ट डिसअर्डर’जस्तै ‘एन्जाइटी’ अहिले धेरै मानिसमा देखिएको अर्को समस्या भएको चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार सामान्यतया बिनाकारण डराउने, आत्तिने, मुटु ढुकढुक हुने, काप्ने, श्वास फेर्न गाह्रो हुने, छिनछिनमै पिसाब लाग्ने समस्या ‘एन्जाइटी’को हो । सुत्न गाह्रो हुने समस्या देखिएमा ‘एन्जाइटी डिसअर्डर’ भएको बुझ्नुपर्छ । शारीरिक स्वास्थ्यमा असर पुग्ने, काममा असर हुनेजस्ता लक्षण ‘एन्जाइटी’मा देखिने लक्षण हुन् । मानसिक रोग विशेषज्ञ डा नेपाली पछिल्ला घटनाले मानिसको दैनिकीमा असुरक्षा र भय बढाएकाले अस्पतालमा आएका धेरै बिरामी राति निद्रा नलाग्ने, मन आत्तिने, डर लाग्ने र खानामा रुचि नहुने समस्या लिएर आउने गरेको बताउनुहुन्छ । उहाँका अनुसार सो विभागमा हाल २० देखि ३० वर्ष उमेर समूहका बिरामी बढी देखिन्छन । त्यसमध्ये महिलाको सङ्ख्या उल्लेखनीय रूपमा बढी छ । उनीहरू घर र बाहिर दुवै जिम्मेवारीको दबाबमा छन्, साथै ‘हर्मोनल’ असन्तुलनले पनि मानसिक अवस्था प्रभाव पार्ने भएकाले पनि महिलामा धेरै देखिएको हुनसक्ने उहाँ बताउनुहुन्छ । मानसिक स्वास्थ्यका चुनौतीमा महिलाको अवस्था अझ जटिल देखिएको छ ।
डा नेपाली भन्नुहुन्छ, “महिलामाथि घरभित्रका जिम्मेवारी र आर्थिक निर्णयको दबाब दुवै पर्छ । साथै सामाजिक अपेक्षा र हर्मोनल परिवर्तनले पनि उनीहरूको मानसिक सन्तुलनमा असर पार्छ ।” अझै मौन पीडामा मानसिक समस्या पूर्वाञ्चल विश्वविद्यालयका उपप्राध्यापक डा प्रभात चालिसे मानसिक रोगबारे अझै समाजमा मौन विषय भएका कारण धेरै मानिस चिन्ता, अनिद्रा वा निरासामा भए पनि परिवार वा समाजलाई भन्न डराउने भएकाले समस्या झन् जटिल बन्न पुगेको बताउनुहुन्छ । “धेरैजसो मानिस मानसिक रोग विशेषज्ञकहाँ जान डराउँछन्, किनभने उनीहरूलाई औषधि सुरु गरेपछि जीवनभर खानुपर्छ भन्ने भ्रम छ”, उहाँ भन्नुहुन्छ, “मानसिक समस्या हुँदैमा औषधि सेवन गर्नैपर्छ भन्ने होइन । धेरैजसो समस्या परामर्श र व्यवहार परिवर्तनबाटै निको हुन्छ ।” उहाँका अनुसार सामान्यतया छदेखि नौ महिनासम्म औषधि सेवन गर्दा समस्या नियन्त्रणमा आउँछ ।
औषधि छाड्न सकिन्छ । तर तनावले शरीर, सम्बन्ध वा काममा असर गर्न थालेको छभने चिकित्सकलाई भेट्न ढिला गर्न नहुने उहाँको भनाइ छ । यसरी समाधान गर्न मानसिक समस्या चिकित्सक मानसिक सन्तुलनका लागि ‘डिसिप्लिन लाइफ’ अत्यावश्यक रहेको औँल्याउँछन् । उहाँहरूका अनुसार समयमै सुत्ने–उठ्ने, बेलुका कम खाने, नियमित व्यायाम गर्ने र प्रशस्त पानी पिउने बानीले मानसिक स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ । त्यस्तै, आफ्ना मनका कुरा विश्वासिलो व्यक्ति, श्रीमान्, श्रीमती वा साथीसँग खुलेर आदानप्रदान गर्ने, ‘भेन्टिलेसन’ गर्ने अभ्यास गर्न सकिए पनि तनाव घटाउन सकिन्छ । अस्थिर राजनीति, प्राकृतिक विपत्ति र आर्थिक अनिश्चितताबीच मानसिक सन्तुलन कायम राख्नु अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको छ । चिकित्सकको भनाइमा समयमै परामर्श र सहयोग लिएर मानसिक स्वास्थ्यलाई सुरक्षित राख्न सकिन्छ । तनाव र चिन्ता सामान्य मानवीय प्रतिक्रिया हुन् । तर त्यसलाई भित्रै दबाएर राख्नु भने असामान्य हो । तनावका विषयमा खुलेर कुरा गर्ने, सुन्ने र सहयोग खोज्ने बानीले मानसिक स्वास्थ्य सुरक्षित राख्न सकिन्छ । जुनु भट्टराई/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष बलिराम डगौरा थारुको निधन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको गएराती उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो।   उपचारकै क्रममा शुक्रबार राती उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।...

टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको अनुरोध

काठमाडौँ,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन परिणामलाई लिएर विभिन्न तह र सामाजिक सञ्जाललगायत माध्यमबाट टीकाटिप्पणी नगर्न सम्पूर्ण पार्टीपङ्तिमा आग्रह गरेको छ । सो पार्टीको केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले आज विज्ञप्ति जारी गर्दै जनताको अभिमतलाई उच्च मूल्याङ्कन गरी पूर्ण विश्वासकासाथ जवाफदेहीपूर्ण कार्यसम्पादन गर्न...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष बलिराम डगौरा थारुको निधन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको गएराती उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो।   उपचारकै क्रममा शुक्रबार राती उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष बलिराम डगौरा थारुको निधन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको गएराती उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो।   उपचारकै क्रममा शुक्रबार राती उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९